Logo

नेपालगञ्जमा विमान दुर्घटना



Spread the love

१५ चैत, नेपालगञ्ज – कोरोना संक्रमण टेष्टको नमुना लिन गएको विमान दुर्घटनामा परेको छ । शनिबार काठमाडाैँबाट कोरोना टेष्टको नमुना लिन नेपालगञ्ज गएको विमान दुर्घटनामा परेको हो ।

नेपालगञ्ज विमानस्थल स्रोतका अनुसार शनिबार बिहान नेपालगञ्ज गएको नेपाल एयरलायन्सको विमान राँझा विमानस्थलमा दुर्घटनामा परेको हो ।

बिमान धावनमार्गबाट चिप्लिएको भएता पनि कुनै क्षति भने नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् ।

जहाजको प्राविधिक परीक्षणपछि उड्ने/नउड्ने निश्चित हुने पनि प्रवक्ता क्षेत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्