Logo

भारतमा कोरोनाबाट २० को मृत्यु, संक्रमितको सङ्ख्या ८३૪ पुग्यो



Spread the love

कोरोना भाइरसको जोखिमलाई कम गर्नको लागि भारतमा २१ दिनको लागि लकडाउन गरिएको छ । प्रत्येक दिन कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या बढ्दैछ ।

भारतमा कोरोनाबाट २० को मृत्यु भइसकेको छ भने ८३૪ जना संक्रमित भएका छन् । शुक्रबार भारतमा कोरोनाबाट संक्रमितको सङ्ख्या ७२૪ थियो । एकैदिनमा सयभन्दा बढी संक्रमित भएका छन् । केन्द्रीय सरकार र प्रदेश सरकारले भाइरस फैलिन नदिनको लागि हरसम्भव प्रयास गरिरहेका छन् । कोरोनाको औषधि कुनै पनि देशले बनाउन सकेको छैन ।

वैज्ञानिकहरु कोरोनाको औषधि बनाउन दिनरात लागी परेका छन् । इटाली, स्पेन, फ्रान्स र अमेरिकामा कोरोनाले गम्भीर अवस्था निम्ताएको छ ।

  • एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्