Logo

नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटियो



Spread the love

१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएको छ । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी बागलुङकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

संक्रमित बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल फर्केकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्