Logo

माइक्रो चढेर बागलुङ गएकी थिइन पाँचाैँ कोरोना संक्रमित युवती



Spread the love

नेपालमा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दै गएको छ । हिजो धनगढीका एक युवालाई कोरोना पोजेटिभको पुष्टि भएको थियो भने आज बागलुङकी युवतीलाई पनि संक्रमणको पुष्टि भएको छ ।

बेल्जियमबाट दोहा हुँदै कतार एयरको जहाजमा उनी नेपाल अवतरण गरेकी थिइन् । त्यसै गरी आएको अर्को दिन अर्थात् ५ गते माइक्रो चढेर उनी बागलुङ गएको समेत खुलेको छ ।

घर गएको ३–४ दिनमा ज्वरो आएर धौलागिरि अञ्चल अस्पतालमा जचाउन जाँदा विदेशबाट आएको कुरा नबताएको र सामान्य चेकजाँच गरेर फर्किएकी उनी परिवारसँग नै बस्दै आइरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्