Logo

अक्षय कुमारले कोरोना विरुद्धको लडाइँमा २५ करोड भारु दिने घोषणा



Spread the love
Akshay Kumar Donated 25 Crores Rupees To Pm Cares Fund For Covid ...

एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमारले कोरोना भाइरसविरुद्ध लड्नको लागि २५ करोड भारु सहयोग गर्ने घोषणा गरेका छन् ।

अक्षय कुमारले ट्विट गर्दै प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु दिने घोषणा गरेका छन् । कोरोना विश्वभर फैलिरहेको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै भारतीय सरकारले २१ दिनको लागि राष्ट्र लकडाउन गरेको छ ।

भारतमा कोरोनाबाट २० जनाको ज्यान गइसकेको छ भने ८३૪ जना संक्रमित भएका छन् । कोरोना विरुद्धको लडाइँको लागि कलाकारहरुका साथै खेलाडीहरुले पनि सहयोग गरेका छन् । सचिन, धोनी, इरफान र युसूफ पठानजस्ता खेलाडीले यसभन्दा पहिला नै कोरोना विरुद्धको लडाइँमा सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्