Logo

अष्ट्रेलियामा रहेका केही नेपाली फर्काउने तयारी, संक्रमित १ जना निको भए



Spread the love

१६ चैत, काठमाडाैँ – अष्ट्रेलियामा अप्ठारोमा परेका केही नेपालीलाई नेपाल फर्काउने तयारी भइरहेको छ ।

अष्ट्रेलियामा रहेको नेपाली दूतावासका अनुसार अष्ट्रेलिया घुम्न गएका अभिभावक, अस्थाई भिसा लिएका र समस्यामा रहेका नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउन नेपाल सरकारसँग समन्वय भइरहेको बताएको छ ।

त्यसै गरी अष्ट्रेलियामा एक नेपाली कोरोनामुक्त भएका छन् । दुतावासले त्यहाँ रहेका एक संक्रमित उपचारपश्चात् निको भएको बताएको हो ।

अष्ट्रेलियामा जम्मा ८ जना नेपाली भाइरसबाट संक्रमित भएकामा अब ७ जना आ–आफ्नो घरभित्रै क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्