Logo

बोरिश जोनसोनद्वारा नागरिकलाई घरैमा बस्न आग्रह



Spread the love

१६ चैत, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिश जोनसनले आफ्ना देशका नागरिकलाई घरैमा बस्न आग्रह गरेका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिश जोनसोनले आफ्नो देशका ३ करोड परिवारलाई पत्रको माध्यमबाट घरैमा बस्नु नत्र अवस्था बिग्रिन्छ भनी आग्रह गरेका छन् ।

कोरोनाबाट संक्रमित भएका जोनसोन सेल्फ आइसोलेसनमा बसेका छन् । जोनसोनले यो पनि बताएका छन् कि आवश्यक पर्यो भने कडा प्रतिबन्ध पनि लगाइने छ । जोनसोनले आफ्ना साथीहरुसँग मिलेर धोका नदिन पनि आग्रह गरेका छन् ।

बेलायतमा कोरोनाबाट मर्नेहरुको सङ्ख्या १,०१९ पुगेको छ । बेलायतमा कोरोना संक्रमितको सङ्ख्या १७,०८९ पुगेको छ ।

बोरिशले यो पनि बताएका छन् कि आफ्ना साथीहरुसँग मिलेर हामीलाई धोका नदिनु । अत्यावश्यक चिजमात्र खरिद गर्न बाहिर निस्किनु ।

आफ्नो पत्रमार्फत जोनसोनले महामारीलाई राष्ट्रिय आपतकालीन अवस्थाको रुपमा बताएका छन् । बोरिसले यस संकटको घडीमा डाक्टर, नर्सहरुको साथै असहायलाई सहयोग गर्ने हजारौँ मानिसको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्