Logo

लक डाउनको माहोलमा कसरी खुसी रहने ?



Spread the love

एजेन्सी – कोरोना संक्रमणले विश्व नै आतंकित भइरहेको समयमा मानिसहरुमा डर बेचैनी हुनु स्वाभाविक नै हो । मन आतंकित भएको समयमा मानिसहरुमा चिन्ता बढ्ने र विभिन्न मानसिक समस्या पनि उत्पन्न हुनसक्छ । त्यसैले यस्तो समयमा आफूलाई प्रसन्न र ताजा बनाइराख्न के गर्ने त ?

मनोविज्ञानका अनुसार चिन्ता र तनावले मानसिक तनाव पनि बढाउँछ । त्यसैले जुन विषयमा चिन्ता भइरहेको छ त्यो विषयबाट टाढा हुनुपर्छ । विशेषतः महामारीको दौरान ध्यान मोड्नको लागि विभिन्न रमाइलो क्रियाकलापहरु गर्नुपर्छ ।

खुशी हुनका लागि स–साना चीजहरुमा ध्यान दिनुपर्छ । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सेल्फ क्वारेन्टाइनमा बसिरहनुभएको छ भने खाली समयमा घरको सरसफाईमा समय व्यतित गर्ने गर्नुस् ।

सामाजिक सञ्जालहरुमा आएका झुटा समाचार, जानकारीले मानसिक रुपमा विचलित गराउने काम गर्छ त्यसैले त्यस्ता कुरामा ध्यान नदिनुहोस् र सामाजिक सञ्जालमा धेरै समय व्यतित नगर्नुस् । सामाजिक दूरी कायम गर्दै स्वच्छ वातावरणको मज्जा लिनुस् ।

प्रतिक्रिया दिनुहोस्