Logo

कोरोना भाइरस जुत्ताबाट पनि सर्ने !



Spread the love

एजेन्सी । कोरोना भाइरस मान्छेबाट मान्छेमा वा मान्छेले प्रयोग गरेको वस्तुबाट यसको भाइरस सर्नसक्ने अध्ययनहरुले बताएको छ । त्यसैले कतिपय वस्तुहरु पनि कोरोना भाइरस फैलावटका लागि जिम्मेवार मानिँदै आएको छ । जस्तै पैसा, एटिएम ।

एक अनुसन्धानले जुत्ताको माध्यमबाट समेत कोरोना भाइरस सर्न सक्ने भेटिएको छ । उक्त अध्ययनको अनुसार जुत्ताको सोल पनि ब्याक्टेरिया, फंगस तथा भाइरसको बाहक बन्नसक्छ । भनिन्छ, जुत्ताहरुको सोलमा पनि कोरोना भाइरसका पाँच दिनसम्म जीवित रहनसक्छन् ।डेली मेलको एउटा रिर्पोटका अनुसार वैज्ञानिकहरुको भनाई के भने कोरोना भाइरस जुत्ताको सोलमा पाँच दिनसम्म जीवित रहन सक्छन् ।

कोरोना संक्रमित व्यक्तिले हाछयुँ गर्दा अथवा खोक्दा समेत उसको मुखबाट निस्कने थुकको छिटा अथवा थुकका कणमार्फत् भाइरस फैलिन्छ । उनीहरुको खोकाई अथवा हाछ्युँबाट हावामा फैलिएको थुकका छिटाहरु जमिनमा झरेपछि अथवा जुत्तामाथि, जुत्ताको तुनामा अथवा भुईंमा झरेपनि, भाइरसहरु जुत्ताको सम्पर्कमा आउँछन् । त्यसक्रममा तुनामार्फत् भाइरस जुत्ताको सोलसम्म पुग्छ ।

प्रतिक्रिया दिनुहोस्