Logo

लकडाउन २५ गते मध्यरातिसम्म लम्ब्याउने सरकारको निर्णय



Spread the love

१६ चैत, काठमाडौं । सरकारले लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थपेको हो।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अपराह्‍न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्