Logo

विपक्षीले उचाल्यो, राष्ट्रपति उचालिनु भएन:प्रधानमन्त्री



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी एमालेमाथि मन्त्रिपरिषद् विस्तार रोक्न राष्ट्रपतिलाई उचाल्न खोजेको आरोप लगाएका छन् । तर, राष्ट्रपतिले संवैधानिक भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।शुक्रबारको संसद बैठकलाई सम्बोधन गर्दै देउवाले विपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिए । राष्ट्रपति विद्या भण्डारीले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गरेको भन्दै उनले भने, ‘हिजो राजा कसैले उचाल्दा उचालिन्थे तर, उनी उचालिँदै उचालिनन् । त्यसैले म हार्दिक धन्यवाद दिन चाहन्छु ।’

मन्त्रीको संख्या धेरै भएको र त्यो निर्वाचन आचारसंहिता विपरित भएको भन्दै ओलीले गरेको आलोचनाको जवाफ दिने क्रममा देउवाले उल्टै प्रतिप्रश्न गरेका छन् । देउवाले प्रधानमन्त्रीले संवैधानिक अधिकार उपयोग गर्न किन नपाउने भन्दै प्रतिप्रश्न गरेका हुन् ।

संविधान जारी गरेर रुपान्तरित सांसदको अन्तिम बैठकमा प्रधानमन्त्रीको रुपमा बोल्न पाउँदा आफू हर्षित भएको देउवाले बताए । सँगै सम्बोधनका क्रममा उनले संविधान जारी गर्ने क्रममा रहेका सबैलाई धन्यवाद दिए ।

देउवाले अबको अभियान आर्थिक समृद्धि भएको बताए । विकास र समृद्धिलाई लिएर अगाडि बढ्नुपर्छ भन्दै उनले प्रदेश र प्रतिनिधिसभको निर्वाचनपछि विकासमा देश अघि बढ्ने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्