Logo

कोरोना भाइरस विरुद्धको लडाइँमा बलिउडका कुन-कुन कलाकारले सहयोग गरे



Spread the love

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट मानव जाति जोखिममा परेको छ । अहिले विश्वका धेरै देशहरुमा लकडाउन गरिएको छ ।

जसअन्तर्गत छिमेकी राष्ट्र भारत पनि पर्दछ । कोरोना विरुद्धको लडाइँमा अभिनेता अक्षय कुमारले २५ करोड भारु सहयोग गरेका छन् । यसै गरी अर्का अभिनेता सलमान खानले २५ हजार मदजुरलाई अार्थिक सहायता प्रदान गरेका छन् । अक्षय कुमार र सलमान खानपछि बलिउडमा सहयोगी हातहरु बढिरहेका छन् ।

अभिनेता विक्की कौशलले इन्स्टाग्राममा पोस्ट गर्दै देशको विषम परिस्थितिमा भविष्यको लागि १ करोड गरेको बताएका छन् । सैफअली खानकी छोरी सारा अली खानले इन्स्टाग्राममा पोस्ट गर्दै दान गर्ने बताएकी छिन् तर कति रकम दान गर्ने छिन् त्यो भने खुलाएकी छैनिन्

। स्वरकी मल्लिका लता मंगेशकरले २५ लाख दिने घोषणा गरेकी छिन् । कैटरिना कैफले पनि दान गर्ने बताएकी छिन् तर कति रकम दान गर्दै छिन् त्यो भने खुलाएकी छैनिन् । प्रियंका चोपडा र निक जोन्सले १० संस्थामा दान गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री राहत कोष, यूनिसेफ, नो किड हङ्गरीजस्ता संस्थामा दान गरेका छन् । फेसन डिजाइनजर अनिताले कोरोना विरुद्धको लडाइँमा १.५ करोड भारु दान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्