Logo

उमेर पुग्दैमा मात्र मान्छे परिपक्व हुँदैन, चाहिन्छ यी १० गुणहरू



Spread the love

उमेर बढ्दै गएसँगै मानिस स्वाभाविक रुपमा परिपक्व हुँदै जान्छ । समय, परिस्थिति र जिन्दगी भोग्दै जाने क्रममा उसले देश दुनियाँ बुझ्छ । संसारलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने तरिकामा परिवर्तन आउँदै जान्छ । बोल्ने शैलीमा, गर्ने व्यवहारमा र सोच्ने दृष्टिकोणमा स्थायित्व आउन थाल्छ ।

तर, यसो भन्दैमा केवल उमेर पुग्दैमा मात्र मानिस परिपक्व हुन सक्दैन । उसमा परिपक्व हुनका लागि आवश्यक गुणहरू पनि हुन आवश्यक छ ।

के हुन् त मानिसलाई परिपक्व बनाउने गुणहरू ? जान्नुहोस्;

पहिलो गुणः

परिपक्व हुनका लागि कुनै पनि व्यक्तिमा आफ्ना भावनामाथि नियन्त्रण गर्ने क्षमता जरुरी छ । कसैमाथिको रीस नियन्त्रण गर्दै रीसमा कुनै पनि विनासकारी काम नगर्नाले परिपक्वताको संकेत गर्छ ।

दोस्रो गुणः

आफु र आफुले गरेका कामको जिम्मेवारी लिन सक्नु ।

तेस्रो गुणः

आफु सँग भएका र आफुले पाएका चिजका लागि कृतज्ञ महसुस गर्नु ।

चौथो गुणः

आफुलाई स्वीकार गर्नु । अर्थात्, म जे छु, जस्तो छु, मेरा लागि ठीक छु भन्ने महसुस गर्नु ।

पाँचौ गुणः

आफ्नो ज्ञानको सीमितता जान्नु । अर्थात्, आफ्नो अज्ञानताको ज्ञान हुनु ।

छैटौं गुणः

आफु बाहेक अरुको बारे पनि सोच्ने र मनन गर्न सक्नु ।

सातौं गुणः

विनयशील र नम्र हुनु ।

आठौं गुणः

परेको बखत परिस्थिति अनुसार लचकदार हुन सक्नु ।

नौंऔं गुणः

सबै कुरालाई सही र गलतको तराजुमा नजोखी खुल्ला सोच राख्नु ।

दशौं गुणः

हरेक कुराको सुधार र संवृद्धि सम्भव छ भन्ने सोच राख्नु ।

यति सब गुण भएपछि मात्र कुनै पनि व्यक्ति परिपक्व कहलाउँछ । के तपाईमा यी सबै गुण छन् ? के यीबाहेक पनि अरु केही गुण छन्, जुन तपाईलाई एक परिपक्व मान्छेमा हुनुपर्छ जस्तो लाग्छ ? यदि केही प्रतिक्रिया भए कमेन्ट बक्स तपाईकालागि सदा खुला रहनेछ ।

(ब्राइटसाइड डट मीको सहयोगमा)

यी पनि पढ्नुहोस् !

किन हामी नयाँ मान्छे भन्दा नजिकको प्रिय मान्छेसँग बढी रिसाउँछौं ? समाधान के ?

चाहिने भन्दा धेरै बोल्ने मान्छेसँग कसरी उम्किने ?

प्रतिक्रिया दिनुहोस्