Logo

कोरोनाबाट हलिउडका कलाकार एन्ड्रयु ज्याकको मृत्यु



Spread the love

कोरोनाबाट हलिउडका कलाकार एन्ड्रयु ज्याकको मृत्यु भएको छ । उनको ७५ वर्षको उमेरमा ज्यान गएको हो । उनलाई खास गरी स्टार वार फिल्म सिरिजबाट चिन्ने गरिन्छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट हलिउडका कलाकार संक्रमित हुनुका साथै ज्यान पनि गुमाइरहेका छन् । यसै क्रममा ७५ वर्षीय बेलायती कलाकार एन्ड्र्यु ज्याकले पनि कोरोनाबाट ज्यान गुमाएका छन् । एन्ड्र्यु ज्याककी पत्नी ग्याब्रियला रोगर्स अहिले अष्ट्रेलियामा क्वारेन्टाइनमा बसिरहेकी छिन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै भनिन्, ” तपाईंहरुलाई यो बताउँदा मलाइ निकै दुख लागेको छ । आज हामीले एक मानिसलाई गुमाएका छौँ । ૪८ घण्टअघि ज्याकलाई लण्डनको एक अस्पतालमा भर्ना गरिएको थियो ।

जहाँ उनी कोरोनाबाट संक्रमित भएको पुष्टि भएको थियो । आज उनले यो संसार छाडी गएका छन् । उनी दुखमा थिएनन्, शान्तिका साथ आफ्ना बच्चाहरुको हालखबर सोधी विश्वलाई बिदा गरे ।”

  • एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्