Logo

आफूलाई कोरोना सारिदिएको भन्दै प्रेमीले गरे आफ्नै डाक्टर प्रेमिकाको हत्या



Spread the love

एजेन्सी । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस आफूलाई सारिदिएको भन्दै इटलीमा एक व्यक्तिले आफ्नै चिकित्सक प्रेमिकाको हत्या गरेका छन् ।

डाक्टर लोरेना क्वारन्टाको हत्या गरेपछि उनका प्रेमी आफैंले प्रहरीलाई खबर गरेका थिए । उनले प्रहरीमा फोन गर्दै आफ्नी प्रेमिकाको हत्या गरेको बताएका थिए ।

प्रहरीलाई बयान दिँदै उनले भने, ‘उनले मलाई कोरोनाभाइरस सारिन्, त्यसैले मैले उनलाई मारेको हुँ ।’ तर, चिकित्सकहरुले गरेको परिक्षणमा भने दुवैलाई कोरोना संक्रमण नभएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्