Logo

भारतीय प्रधानमन्त्री मोदीको आग्रह- अप्रिल ५ मा राती ९ बजेर ९ मिनेटसम्म मैनबत्ती बाल्नुहोस् !



Spread the love

एजेन्सी । शुक्रबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिएको भिडियो सन्देशमा संकटको घडीमा सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले भने, ‘यो संकटलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण अप्रिल ५ मा हामी सबै मिलेर कोरोनाको महामारीलाई चुनौती दिनुछ । ५ अप्रिल राती ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोकामा उभिएर मैनबत्ती, दियो,वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।’ प्रकाशको महाशक्ति उजागर गर्दै हामी एकै छैनौं भनेर संकल्प गरौं ।’

प्रतिक्रिया दिनुहोस्