Logo

उपाचारका लागि भरतपुर अस्पताल पुगेकी एक युवतीको मृत्यु



Spread the love

२१ चैत, चितवन । ज्वरो आएर उपचारका लागि गएकी एक युवतीको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको छ। हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिकाकी २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ज्यान गएको हो ।

अस्पतालका डाक्टर भोजराज अधिकारीका अनुसार राति १२ बजे उपचारका लागि अस्पताल ल्याइएकी राईको विहान २ बजे मृत्यु भएको हो।युवतीको स्वाव परीक्षण गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्