Logo

भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै



Spread the love

एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या बढिरहेको छ । गएको २૪ घण्टामा भारतमा ५०० भन्दा बढी नयाँ केस देखिएका छन् । सबैभन्दा बढी कोरोनाको केस दिल्लीमा देखिएको छ ।

२૪ घण्टामा दिल्लीमा १૪१ नयाँ केस देखिएको छ । कुल संक्रमितको सङ्ख्या २५ सय नाघेको छ भने ७० जनाको ज्यान गइसकेको छ । महाराष्ट्रमा कोरोनाबाट संक्रमित हुनेहरुको सङ्ख्या बढिरहेको छ ।

गएको २૪ घण्टामा करिब १०० नयाँ केस देखिएको छ । आजसम्म महाराष्ट्रमा ૪२० जना संक्रमित भइसकेका छन् । जसमध्ये १७ जनाको ज्यान गएको छ भने ૪२ जना निको भई घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्