Logo

१૪ देशमा कोरोनाको संक्रमण ११ हजारभन्दा बढी, ३ देशमा लाख कट्यो



Spread the love

एजेन्सी । कोरोना भाइरसको प्रकोप विश्वभरमा फैलिदै गएको छ । रोकथामकाे प्रयास गर्दा गर्दै पनि यसबाट संक्रमित हुनेहरुको सङ्ख्यामा कमी आएको छैन । चौध देशमा ११ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि अमेरिका संक्रमित रहेको छ । अमेरिकामा करिब ढाइ लाख संक्रमित भएका छन् । यसैगरी अमेरिकापछि इटालीमा संक्रमितको सङ्ख्या बढी रहेको छ । यहाँ १ लाख १५ हजारभन्दा बढी संक्रमित रहेका छन् । इटालीपछि सबैभन्दा नाजुक अवस्था स्पेनमा रहेको छ जहाँ १ लाख १२ हजारभन्दा बढी संक्रमित छन् ।

कुन देशमा कति संक्रमित ?

जर्मनी: ८૪,७९૪ चीन: ८२, ૪३३ फ्रान्स: ५९, ९२९ इरान: ५०, ૪६८ बेलायत: ३૪, १७३ स्वीटजरल्याण्ड: १८, ८२७ टर्की: १८, १३५ बेल्जियम: १५, ३૪८ नेदरल्याण्ड: १૪, ७८८ क्यानडा: ११, २८૪ अष्ट्रिया: ११, २१९ यी १૪ देशमध्ये ११ देशमा कोरोनाको प्रकोप धेरै देखिएको छ ।

११ देशमा संक्रमितको सङ्ख्या १५ हजारभन्दा बढी छ । नेदरल्याण्ड १५ हजारको नजिकै छ भने क्यानडा र अस्ट्रिया भने केही तल रहेका छन् । यसै गरी दक्षिण कोरिया र पोर्चुगल १० हजारको आसपासमा छन् । दक्षिण कोरियामा ९, ९७६ र पोर्चुगलमा ९, ०३૪ जना संक्रमित रहेका छन् । कोरोनाबाट विश्वभर गरी १० लाख १૪ हजार ६७३ जना संक्रमित भएका छन् भने ५२, ९७३ जनाले ज्यान गुमाइसकेका छन् ।

सबैभन्दा बढी ज्यान इटालीमा गएको छ । इटालीमा १३, ९१५ जनाले ज्यान गुमाइसकेका छन् । इटालीपछि सबैभन्दा बढी ज्यान स्पेनमा गएको छ । जहाँ १०, ३૪८ जनाको मृत्यु भइसकेको छ । यसै गरी फ्रान्समा ५, ३८७, चीनमा ३, ३१२, इरानमा ३, १६० र बेलायतमा २, ९२१ जनाको ज्यान गइसकेको छ ।

कोरोनाबाट ज्यान मात्र नगई उपचार भई घर फर्किनेहरुको सङ्ख्या पनि धेरै रहेको छ । १ लाख १૪ हजार ६७३ मध्ये आजसम्म २ लाख १० हजार ३३५ जना निको भईसकेका छन् । उपचार हुनेमा सबैभन्दा धेरै चीनका रहेका छन् । जहाँ ७६, ५६५ जना निको भइसकेका छन् । त्यसपछि स्पेन, जर्मनी र इटालीमा क्रमश २६, ૪७३, २२, ૪૪० र इटालीमा १८, २७८ जना निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्