Logo

चीनले कोरोनाको सही तथ्यांक लुकाएको छ – निक्की हेली



Spread the love

एजेन्सी । विश्व अहिले कोरोनाको प्रकोपबाट गुज्रिरहेको छ । चीनबाट निस्किएको यो भाइरस अहिले विश्वभर फैलिसकेको छ ।

अहिले चीन पुरानै अवस्थामा आईसकेको छ । चीनलाई लिएर विभिन्न मानिसहरुले अनेकन कुरा गर्न थालेका छन् । यसै क्रममा भारतीय मूलकी अमेरिकन नेता निक्की हेलीले चीनले कोरोनाको सही तथ्यांक लुकाएको आरोप लगाएकी छिन् ।

निक्की हेलीले ट्विट गर्दै भनेकी छिन्, ” करिब १५० करोड जनसङ्ख्या भएको चीनमा ८२ हजार संक्रमित र ३३ सयको ज्यान गएको कुरा झुटो हो । चीन केही कुरा लुकाइरहेको छ ।” निक्कीको यस बयानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका छन् । निक्कीले चीनलाई जनताको भन्दा आफ्नो इज्जतको बढी चिन्ता रहेको पनि आरोप लगाएकी छिन् ।

हेलीको अनुसार सीआईएले चीनको तथ्यांकलाई लिएर अनुसन्धान गरिरहेको छ । गएको सालको डिसेम्बरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । त्यो बेलामा चीनमा तीव्र गतिले कोरोना संक्रमितको सङ्ख्या बढेको थियो । जब यूरोप अनि अमेरिकामा संक्रमण बढ्दै गयो तब चीनमा कोरोनाको केस निकै कम आउन थाल्यो ।

अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या करिब ढाइ लाख पुगिसकेको छ । हेलीले यो आरोप लगाउनुभन्दा पहिला राष्ट्रपति ट्रम्पले धेरै पटक भाइरसको बारेमा चीनलाई आरोप लगाउँदै आएका छन् । ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरसको संज्ञा दिएका छन् । ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाको बारेमा सत्य लुकाएको र चीनलाई साथ दिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्