Logo

साताैँ कोरोना संक्रमण हल्ला मात्रै



Spread the love

२१ चैत, पोखरा – नेपालमा कोरोनाको साताैं संक्रमित भेटिएको भन्ने खबर गलत भएको छ । आज कास्कीमा कोरोनो अर्को संक्रमित भेटिएको भन्ने हल्ला चलेको थियो ।

गण्डकी अस्पतालले पुरानै संक्रमितको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको बताएको छ । त्यसै गरी केही गलत सञ्चार हुँदा यस्तो हल्ला चलेको पनि अस्पतालले बताएको छ ।

केही समयअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाइए पनि पछि उक्त संख्या सच्याएर ६ बनाइएको छ ।

यो समाचारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पनि पुष्टि गरेका छन् ।

अहिलेसम्म नेपालमा ६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने एक जना उपचारपछि निको पनि भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्