Logo

काठमाडौंमा साना हतियारको बिगबिगी



Spread the love

दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्विर झल्किन्छ। प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटनामात्रै हुन्।सार्वजनिक हुन नसकेका धम्की, फिरौती, असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियारको प्रयोग भइरहेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४\७५ का तीन महिनामा मात्र ९ हतियार बरामद भएका छन् भने ३० जना पक्राउ परेका छन्।

परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्वर छन्। फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गएको खुलाउँछ।

५ कात्तिकमा काठमाडौं नब्युँझिँदै प्रहरीको निद्रा खराब भयो। रानीबारी निवासी कल्याण गुरुङमाथि लैनचौरमा करिब पौने चार बजे गोली प्रहार भयो। ठमेलको सीएनआई क्लबबाट स्कुटीमा निस्केका गुरुङको घुँडामुनि गोली लागेको थियो। प्रहरी अनुसन्धानबाट थाहा भयो, गोलीकाण्डको निहुँ थिए– दुई युवती।

सीएनआई क्लबबाट दुई युवतीसहित कारमा निस्केका एक युवकलाई गुरुङसहितको तीननवटा स्कुटीमा सवार ६ युवाले पछ्याएपछि उक्त घटना भएको थियो। प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुक भन्छन्, ‘ साना हतियारको सहज उपलब्धता र प्रयोगको यो एउटा उदाहरण मात्र हो।

प्रतिक्रिया दिनुहोस्