Logo

जीवनमा अगाडि बढ्नका लागि चुनौतीहरुलाई स्वीकार गर्नुहोस् !



Spread the love

असफलता जीवनको एउटा वास्तविकता हो, जसको सामना सबै मानिसले कुनै न कुनै दिन आफ्नो जीवनमा सामना त गर्ने पर्छ । चाहेर होस् या नचाहेर सबैले जीवनमा यसलाई भोग्नै पर्ने हुन्छ ।यदि तपाईं असफल हुनु भएको छैन भने त्यसको मतलब तपाईंले आफ्नो जीवनमा चुनौति उठाउन डराउनु हुन्छ ।

अल्बर्ट आइन्स्टाइनका अनुसार यदि कुनै व्यक्ति कहिल्यै असफल भएको छैन भने त्यसको अर्थ उसले आफ्नो जीवनमा कहिले केही नयाँ गर्ने कोसिश गरेको छैन ।तपाईं असफल हुनु ठुलो कुरा होइन तर आफ्नो असफलताबाट के सिक्नु भयो भन्ने महत्वपूर्ण कुरा हो ।

हामी प्रायः आफ्नो असफलताहरुलाई स्वीकार गर्न डराउँछौ र आफु स्वयंलाई विभिन्न वाहाना बनाएर सम्झाउन थाल्छौं । आफ्नो असफलताका लागि अरुलाई दोष दिन्छौ । तपाईं जुन समयमा आफ्नो असफलतालाई मनबाट स्वीकार गर्नु हुन्छ र आफ्नो व्यक्तिगत विकासका लागि यसको महत्व बुझ्नु हुन्छ, त्यहि क्षणबाट सफलतामा पहिलो पाइला राख्नु हुन्छ ।

यदि तपाईंले आफ्नो समस्त ध्यान आफ्ना कठिनाईहरुमा केन्द्रित गर्नु भयो भने कुनै पनि कुरामा तपाई सफल हुने सम्भावना पनि सकिन्छ । यदि एक पटक तपाईंले आफुले यो कुरा गर्न सक्दिन भन्ने मान्नु भयो भने यहि डर तपाईंमा हावी हुन्छ । केवल सजिलो कुरा मात्र गर्न खोज्नु हुँदैन ।

प्रायः मानिसहरु अरुको सफलता देखेर आफु उनीहरु जस्तो सफल किन नभएको होला ? भनेर सोच्छौं । एउटा सफल व्यक्तिले पनि आफ्नो जीवनमा विभिन्न असफलताहरुको सामना गरेको होला भन्ने कुरा उनीहरुलाई सायदै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्