Logo

कोरोना संक्रमणबाट महिलाभन्दा पुरुष बढी जोखिममा !



Spread the love

एजेन्सी । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। हरेक उमेर र अवस्थाका महिला जैविक रूपले त्यही उमेरका पुरुषको दाँजोमा बढी शक्तिशाली हुन्छन्। शारीरिक परिश्रमका काम गर्नुपर्दा भलै उनीहरू कमजोर देखिएलान्, तर उनीहरूको आँत मजबुत हुन्छ।

पुरुषहरूको शारीरिक तौल र उचाइ महिलाभन्दा धेरै हुन्छ। उनीहरूको शारीरिक सामर्थ्य पनि बढी हुन्छ। तर, जन्मदेखि मृत्युसम्म मान्छेले झेल्नुपर्ने संकटसँग संघर्ष गर्ने सामर्थ्य दाँज्दा महिलाले पुरुषलाई सजिलै पछार्छन्। महिलाको हातगोडाको मांसपेशी भलै कमजोर होला, तर संकटसँग जुध्ने, बाँच्ने र अघि बढ्ने मामिलामा उनीहरूको भित्री आँत एकदमै मजबुत हुन्छ।

पुरुषहरू स्वास्थ्यप्रति बढी लापरबाह हुन्छन् र सरसफाइमा त्यति ध्यान दिँदैनन्। नियमित हात धुनमा त महिलाभन्दा धेरै पछाडि छन्। आनीबानीको यो भिन्नताले संक्रमित पुरुषलाई मृत्युको मुखसम्म पुर्‍याउन केही न केही भूमिका पक्कै खेल्यो ।

प्रतिक्रिया दिनुहोस्