Logo

टिकट नपाएकोमा सिटौला रुष्ट, झापा–३ बाट चुनाव लड्ने घोषणा



Spread the love

निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् ।सोमबार झापा पुगेका उनले नेता–कार्यकर्तासँग भने– मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ । तर म झापा–३ बाटै चुनाव लड्छु ।’

कार्यकर्ताले समानुपातिकमा जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन् ।

एमाले र माओवादी केन्द्रले वामगठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ । त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता समेत परेका छन् । गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छाड्न कांग्रेस तयार भएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्