Logo

कोरोनाले सिथिल बनाउँदै युरोप–अमेरीका



Spread the love

२३ चैत, काठमाडाैँ – गत डिसेम्बरमा चीनबाट सुरू भएको कोरोना भाइरस यतिबेला लगभग विश्वका सबै देशमा फैलिसकेको छ । तर, कतिपय देशमा यो भाइरसको अझै एउटा पनि केश देखिएको छैन ।

विकसित र प्रविधिमा छलाङ मारेका राष्ट्रमा यो भाइरसले संक्रमणको गति दिन प्रतिदिन बढाउँदै लगिरहेको छ । अहिलेको अवस्थालाई हेर्दा अमेरीका जटिल अवस्थामा भाइरससँग लडिरहेको छ भने युरोपमा पनि कोरोना व्यापक बनिसकेको छ ।

केही दिन अघि मात्रै अमेरीकामा १ लाख संक्रमित थिए भने अहिले संक्रमितको संख्या ३ लाख भन्दा बढी पुगिसकेको छ । त्यसै कोरोले मृत्यु हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ । अमेरीकामा १६ लाख ३२ हजार ९ सय ५५ जनाको परीक्षण गर्दा ३ लाख ११ हजार ३ सय ५७ जना संक्रमित भेटिएका छन् । त्यसै गरी ८ हजार ४ सय ५२ जनाको मृत्यु समेत भइसकेको छ ।

अमेरीकाको पनि न्यु योर्कमा कोरोना अझ आक्रामक भएको छ । समग्र अमेरीकामध्ये न्यु योर्कमा मात्रै ३५ सय भन्दा बढीको ज्यान कोरोनाले लिइसकेको छ ।

अमेरीकासँगै युरोपमा पनि कोरोना आक्रामक नै रहेको छ । कोरोनाको चपेटामा सबैभन्दा धेरै रूमलिएका राष्ट्र इटाली र स्पेन रहेका छन् । इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा १५ हजार ३ सय ३२ जनाको मृत्यु भइसकेको छ ।

त्यसै गरी स्पेनमा पनि १ लाख २६ हजार १ सय ६८ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितमध्ये अमेरीकामा १४ हजार ८ सय २५, इटालीमा २० हजार ९ सय ६६ र स्पेनमा ३४ हजार २ सय १९ जना उपचारपछि निको पनि भएका छन् ।

यी बाहेक नेदरल्याण्ड, जर्मनी, स्वीट्जरल्याण्ड, टर्की र फ्रान्स कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । फ्रान्समा पनि मृतकको संख्याले ७ हजार पार गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्