Logo

झन कडा लकडाउन



Spread the love

२३ चैत, काठमाडाैँ – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनमा झन कडाई हुने भएको छ । शनिबार अबेर गरी बसेको मन्त्रीपरिषदको बैठकले देशव्यापी लकडाउनमा अझै कडाई गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिभर अब एक गाउँपालिकबाट अर्को गाउँपालिकामा समेत प्रवेश गर्न नपाइने भएको छ । तर, लकडाउन लम्बयाउने की नलम्ब्याउने भन्ने बारेमा शनिबारको बैठले निर्णय गरेको प्रवक्ता डाक्टर युवराज खतिवडाले बताएका छन् ।

नेपालमा थप कोरोना संक्रमित भेटिएसँगै लकडाउनमा कडाइ गरिएको हो । शनिबारमात्रै थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने उक जनामा नेपाल भित्रै कोरोना सरेको पनि पाइएको छ ।

सरकारले घोषणा गरेको दोश्रो चरणको लकडाउन चैत २६ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्