Logo

६ सय जना फ्रान्सेली सैनिकमा कोरोना भाइरसको संक्रमण



Spread the love

एजेन्सी। फ्रान्सकी रक्षामन्त्री फ्लोरन्स पार्लीले शनिबार इब्रा रिजनल डेली अखबारलाई अन्तर्वार्ता दिँदै करिब ६ सय जना फ्रान्सेली सैनिकमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि गरेकी छन् ।

मन्त्री पार्लीका अनुसार मार्च महिनाको अन्तिमसम्ममै करिब ४ सय सैनिकमा कोरोना भाइरस देखिएको थियो। त्यसयता लगभग २ सय जनामा थप संक्रमण भएको हो।

पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ५३ जनाले कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यहाँ हालसम्म मृतकको कूल संख्या ७ हजार ५ सय ६० पुगेको छ । संक्रमितमध्ये ६ हजार ८ सय ३८ गम्भीर स्थितीमा छन् । साथै, १५ हजार ४ सय ३८ जना निको भएर घरसमेत फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्