Logo

चाणक्यका जान्नैपर्ने ६ नीति



Spread the love

एजेन्सी । विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिनिने चाणक्यले बनाएका नीति विश्वभर प्रख्यात छ । एउटा सामान्य बालक चन्द्रगुप्तलाई भारतको सम्राट बनाउने आचार्य चाणक्यको नीति वास्तविक जीवनमा निकै लाभदायक रहेको मानिन्छ ।

उनको नीतिलाई अनुसरण गर्दा मानिसले आफ्नो काममा सफलता प्राप्त गर्न सक्छ । चाणक्यका जान्नैपर्ने ६ नीतिका बारेमा यहाँ छोटकरीमा चर्चा गरिएको छ:

१.मलाइ त्यो धन चाहिएन जसको लागि कठोर यातना सहन परोस्, या आफ्नो निष्ठा त्याग गर्नुपर्दछ या आफ्नो शत्रुको गुलामी गर्नुपरोस् ।
२. काँडा र खराब मानिसबाट बच्ने दुई उपाय छन् । खुट्टामा जुत्ता लगाउ अनि उनीहरुलाई यति लज्जित बनाउ कि आफ्नो शिर उठाएर हेर्न नसक्नुका साथै आफूबाट टाढा बसुन् ।
३. जसले सफा कपडा लगाउँदैन । जसको दाँत सफा हुँदैन । जसले धेरै खाना खान्छ । जसको बोली रुखो छ । जो सूर्योदयपश्चात उठ्दछ । उसको जति ठुलो व्यक्तित्व किन नहोस् तर उ लक्ष्मीको कृपाबाट टाढा रहनेछ ।
૪.एक व्यक्ति जसले चार वेद र सबै धर्मशास्त्रको ज्ञान लिएको छ तर आफ्नो आत्माको अनुभूति छैन भने उ चम्चा समान हुन्छ । चम्चा जसले सबै खानालाई चलायो तर स्वाद लिन भने पाउँदैन ।
५. जो बित्यो सो बित्यो । यदि आफ्नो हातबाट कुनै गलत काम भएको भए त्यसको चिन्ता छाडी वर्तमानमा सही तरिकाले बाँची भविष्य सुधार्नु पर्दछ ।
६. यदि कुनै सर्पमा विष छैन भने पनि उसले फणा फैलाउनु पर्दछ। त्यसै गरी कमजोर व्यक्तिले पनि जति बेला पनि आफ्नो कमजोरीको प्रदर्शन गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्