Logo

लकडाउनको माहोल – मोबाइलको लत निक्कै घातक बन्दै!



Spread the love

अहिले कोरोना भाइरसको संभावित जोखिमबाट बच्न सबैजना होम क्वारेन्टाइनमा छन् । मोबाइलमा लिप्त हुनेहरुका लागि अरु बाहाना के चाहियो र । कतिपय त चौबिसै घण्टा मोबाइल खेलाइरहेका छन् ।

दिन कटाउनका लागि भन्दै मोबाइल, ल्यापटप, टिभीमा झुन्डिने यो प्रवृत्ति क्रमस लतको रुपमा विकास हुन सक्ने जोखिम छ । भोलिका दिनमा उनीहरुलाई मोबाइलबाट छुटाउन निकै हम्मे पर्ने देखिएको छ ।

घरमा बस्दा बालबालिका चकचक गर्ने, खानेकुरा मागिरहने, झगडा गर्ने गर्छन् । अतः उनीहरुलाई शान्त बनाउनका लागि पनि कतिपय अभिभावकले मोवाइल दिने गरेको पाइन्छ । तर , मोवाइल, ल्यापटपले आँखा त बिर्गाछ नै, यसले बालबच्चामा असामाजिक हुने, घुलमिल नहुने, बाहिर संसारका बारेमा थाहा नहुने, एकाङ्की बनाउँछ ।

लकडाउनका बेलामा मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु बढि दिने, गीत गाउन र नाँच्न सिकाउने, चित्रहरु कोर्न दिने जस्ता बिषयमा भुलाउन सकिन्छ । उनीहरुको रचनात्मक क्षमता पनि बढ्छ । बच्चालाई उनीहरुले गर्न सक्ने काम लगाउने हो भने पनि बच्चाहरुलाई भुलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्