Logo

कोरोनामुक्त भइन् कनिका कपुर



Spread the love

२३ चैत, एजेन्सी – भारतीय गायिका कनिका कपुर कोरोना मुक्त भएकी छन् । कोरोना संक्रमण भएर बारबार गरीएको परीक्षण पश्चात् आज भएको उनको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोनाको निकै कम संक्रमण भएको बेला उनि भारतमा कोरोनाको संक्रमणमा परेकी थिइन् । कोरोना पोजेटिभ देखिएपछि लखनउको सञ्जय गान्धी पोस्ट ग्र्याजुएट इन्सिच्युट अफ मेडिकल साइन्सेसमा उनको उपचार भइरहेको थियो ।

यसभन्दा पहिले कनिकाको चाैथो कोरोना टेस्ट पनि पोजेटिभ नै देखिएका थिए । उनको पाँचाैँ कोरोना टेस्टमा रिपोर्ट नेगेटिभ आएको हो ।

तर, अझै एक पटक टेस्ट नभएसम्म कनिकालाई अस्पताल नै बस्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्