Logo

मेडिटेसनका ८ फाइदा



Spread the love

एजेन्सी । मेडिटेसनलाई अर्को अर्थमा ध्यान गर्नु भन्ने बुझिन्छ । मेडिटेसनलाई दैनिकी बनाउदा धेरै फाइदा लिन सकिन्छ ।

रातिको समयमा खाना खानुभन्दा पहिला र बिहान सूर्योदय हुनुभन्दा पहिला ध्यान गर्नु पर्दछ । ध्यान गर्दा खुला कपडा लगाउनु पर्दछ । जसले गर्दा ध्यान गर्न सजिलो हुन्छ । मेडिटेसनका फाइदाहरु के-के छन् त ?

१. मेडिटेसनले मन अशान्त रहदा निष्क्रिय भएका भागलाई उपयोगमा ल्याउने काम गर्दछ ।
२. मेडिटेसनले अनुभवको क्षमतालाई सूक्ष्म रुपले अध्ययन गर्न सहयोग गर्दछ ।
३. यदि तपाईंसँग भुल्ने बानी छ भने ध्यान तपाईंको लागि निकै आवश्यक रहेको छ । यसले मानिसको स्मरण शक्तिमा विकास गर्दछ । ૪. रिस उठिरहने मानिसलाई ध्यानले नै शान्त बनाउँछ ।
५. हृदयरोग रोकथामको लागि उत्तम औषधि ध्यान हो ।
६. मनको चन्चलतालाई यसले नियन्त्रण गर्दछ ।
७. ध्यानले मानिसलाई दीर्घायू बनाउन सहयोग पुर्याउँछ ।
८. शान्ति, सामर्थ्य, संतोष, शान्ति, विद्वत्ता र सबै आवश्यकतालाई ध्यानले पुरा गर्दछ ।


प्रतिक्रिया दिनुहोस्