Logo

लकडाउनको समय : पशुपतीमा जे देखियो (फोटोफिचर)



Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकासहित देशभर लकडाउन गरिएको छ। सडकमा सवारीसाधनको आवतजावत शून्य छ। सधैँ व्यस्त देखिने राजधानीका सडक सुनसान छन्।

हरेक दिन सबेरैबाट दर्शनार्थीहरुको भिडभाड रहने पशुपति क्षेत्र सरकारले देशभर ‘लक डाउन’को घोषणा गरेपछि सुनसान बनेको छ। कोरोनाको संक्रमण फैलन नदिन सरकारले जारी गरेको ‘लकडाउन’ ले नेपालको अधिकांश क्षेत्र ठप्पजस्तै छ ।

अत्यावश्यक कामबाहेक सडकमा गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।आन्तरिक तथा बाह्य पर्यटकहरुको बाक्लो उपस्थिति देखिने उक्त क्षेत्र अहिले खाली देखिन्छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिम बढ्दै गएपछि चैत ११ गतेबाट दुई हप्ताका लागि सरकारले देशभर लक डाउन गरेको छ।

राजमार्गमा एम्बुलेन्स, दमकल, प्रेस, इन्धन, दूध, तरकारी, फोहोर र प्रशासनबाट अनुमति प्राप्त सवारीसाधान मात्रै संचालनमा छन् । एकअर्काबीचको सम्पर्क घटाउन सरकारले गरेको लकडाउन निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी राजमार्गमा खटिएका देखिन्छन् ।

लकडाउनमा पशुपतिनाथ क्षेत्रमा यस्तो देखियो, हेर्नुहोस् फोटोफिचर :

प्रतिक्रिया दिनुहोस्