Logo

पूजा शर्माले २ लाख बराबरको सहयोग गर्ने



Spread the love

२३ चैत, काठमाडाैँ – नायिका पुजा शर्मा पनि कोरोनाले शिथिल बनाएको अवस्थामा सहयोग लिएर उत्रिएकी छिन् । उनले आज फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकलाई खाद्यान्न सहयोग गर्ने गरेकी हुन् ।

२ हप्ता लगातार लकडाउनले फिल्म क्षेत्रमा काम गर्ने प्राविधिकलाई बिहान बेलुका छाक टार्न धाैधाै परेको भन्दै चलचित्र प्राविधिक सङ्घले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरूलाई सहयोग गर्न अपिल गरेपछि पूजा शर्मा पनि सहयोगका लागि अग्रसर भएकी छिन् ।

नायिका पूजा शर्माले रू २ लाख सहयोग गर्ने बताएकी छिन् भने चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले सो रमले फिल्म क्षेत्रका प्राविधिकहरूलाई सहयोग गर्ने बताएका छन् ।

यसअघि अभिनेता पल शाहले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्