Logo

कोरोना विरुद्धको लडाइँ जिती घर फर्किइन् कनिका



Spread the love

एजेन्सी । भारतीय गायिका कनिका कपुर घर फर्किएकी छिन् । छैंटौँ रिपोर्टमा पनि नेगेटिभ देखिएपछि उनी घर फर्किएकी हुन् ।

तर डाक्टरहरुले १૪ दिनसम्म क्वारेन्टाइनमा बस्नको लागि आग्रह गरेका छन् । मार्च २० मा कोरोना पोजेटिभ देखिएपछि कनिका लखनउको सन्जय गान्धी अस्पतालमा भर्ना भएकी थिईन् ।

कनिकाले विदेशबाट आउँदा सबैको आँखा छलेर भागेको भनी सामाजिक सञ्जालमा उनको ट्रोल बनाइएको थियो । यति मात्र नभई विभिन्न पार्टीमा गई अरुलाई पनि संक्रमित बनाएको आरोप लगाइएको थियो । अनेक विवादका बाबजुत पनि कनिकाले कोरोना विरुद्धको लडाइँ जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्