Logo

वडा अध्यक्षको उत्कृष्ट काम,गुल्मीमा पहिलो पटक छर्कियो डिइन्फेक्शन केमिकल



Spread the love

२४ चैत, गुल्मी – कोरोना भाइरसले विश्व यतिबेला चिन्तित बनिरहेको छ । कोरोना भाइरस अर्थात् (कोभीड-१९) रोकथामका लागि विश्व जगत नै लागि परेको छ । यस्तै गुल्मीमा पनि पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा व्यक्तिमा नफैलियोस् भनेर डिइन्फेक्शन केमिकल छर्किएको छ ।


रेसुंगा नगरपालिका वडा नम्बर आठका वडा अध्यक्ष भरत भलामीको विशेष पहलमा डिइन्फेक्शन केमिकल छर्किएको हो । आइतबार राती गुल्मी स्थित नेपाली सेनाको विरभद्र जंग व्यारेकको सहयोगमा उक्त केमीकल छर्किएको हो ।


नेपाली सेनाले दमकल प्रयोग गरि एक हजार लिटरको ड्रममा किटनाशक औषधि बाख्रेछेंडा हुँदै वडा नम्वर ८ को सबै भित्रि सडकदेखि पुतलीबजार चोकसम्मको सडकमा छर्किएको हो ।

सोमबार सल्लेरी खबरसँग कुरा गर्दै वडा अध्यक्ष भरत भलामीले भने, “यो किटनाशक औषधिलाई खासै महँगो पर्दैन र सहजै पाईन्छ । सबै वडा तथा स्थानीय तहलाई यो किटनाशक औषधि प्रयोग गर्न म अनुरोध गर्दछु ।”


भरत भलामी नेपाली काँग्रेस निकटका जनप्रतिनीधि हुन भने उनि नेपाल तरुण दल गुल्मीका जिल्ला अध्यक्ष समेत रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्