Logo

स्थानीय तहका आफ्नै कानुन, एक वडाबाट अर्को वडामा जान प्रतिबन्ध



Spread the love

२४ चैत,गुल्मी – कोरोना नियन्त्रण तथा रोकथामको लागि राज्यले कडा निगरानीका साथ लकडाउनलाई कार्यान्वयन गरिरहेको छ । त्यस्तै स्थानीय तहले पनि सुरक्षकर्मी , जनप्रतिनीधि तथा स्वंयम् सेवक परिचालन गरि लकडाउनलाई कडाई गरिरहेका छन् ।

त्यस्तै गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाँउपालिकाले पनि लकडाउनलाई थप प्रभाकारी बनाउँदै जान थालेको छ । अबदेखि मालिका गाँउपालिकाका एक वडाबाट अर्को वडामा जानका लागि पास अनिवार्य लिनु पर्ने गाँउपालिकाले निणर्य गरेको मालिका गाँउपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिएका छन् ।


अत्यावश्यक कामको लागि मात्र पास कार्ड उपलब्ध गराई आजवजावज गर्न दिने अन्यथा एक वडाबाट अर्को वडामा जान प्रतिबन्ध लगाईएको प्रवक्ता गिरीले उल्लेख गरे ।


गाँउपालिका भित्र प्रतिबन्ध किन ?


पछिल्लो समय गाँउपालिका भित्र बाहिरबाट धेरै युवायुवती भित्रिएको र उनिहरु घुमफिरका लागि बाहिर निस्किने प्रचलन रोक्न प्रतिबन्ध लगाएको मालिका गाँउपालिकाले जनाएको छ । प्रवक्ता गिरीले भने, “खेतबारीमा डोको बोकेर हिडेको किसानलाई कुनै अवरोध हुदैन तर डुल्न घुम्न हिडेकालाई कानुन अनुसार एक महिनादेखि ६ महिनासम्म कैद हुन सक्छ ।”


गाँउपालिकाभित्र सुरक्षाकर्मी , जनप्रतिनीधि र स्वंयमसेवक परिचालन गरिएको र अटेरी गर्नेलाई कानुन अनुसार कारवाही गरिने गाँउपालिकाले चेतावनी समेत दिएको छ । साथै, अत्यावश्यक कामको लागि मात्र घर बाहिर निस्किने र सकभर घरभित्रै बस्न मालिका गाँउपालिकाले आग्रह समेत गरेको छ ।
मालिका गाँउपालिकामा ८ वटा वडा हरु रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्