Logo

नेपालीले युएइका नागरिकसरह उपचार पाउने – युएइका युवराज



Spread the love

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् ।

सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएइको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थियो । त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार युवराजबाट नेपालीहरूलाई युएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिकसरह उपचार र सुविधा दिने जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्