Logo

जापानमा मे ६ सम्मको लागि संकटकाल घोषणा



Spread the love

एजेन्सी । जापानको टोकियोसहितका सात प्रान्तमा जापानी प्रधानमन्त्री सिन्जो आबेले एक महिनाका लागि आपतकाल घोषणा गरेका छन् । यो घोषणा मंगलबार मध्यरातदेखि लागू भई मे ६ सम्म जारी रहनेछ ।

आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् । आपतकालमा मानिसहरुलाई घरमा नै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । यद्दबी सार्वजनिक यातायात र सुपरमार्केटहरु भने खुला रहनेछ ।

‘जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु । म आजै बेलुका आपतकालीन अवस्था घोषणा गर्नेछु,’ आबेले भनेका छन् । ‘विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा’ नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्