Logo

अरविन्द केजरीवालको बायोपिक फिल्मको ट्रेलर रिलिज



Spread the love

आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जीवनमा आधारित भएर निर्माण भएको फिल्म ‘एन इन्सिग्निफिकेन्ट म्यान’को ट्रेलर सार्वजनिक भएको छ ।खुशबू रान्का र विनय शुक्लाले निर्देशन गरेको यो एक नन-फिक्शनल पोलीटिकल फिल्म हो, जसमा सामाजिक कार्यकर्ताबाट राजनेता बनेका अरविन्द केजरीवालको भारतीय राजनीतिकको कहानी देखाइएको छ । वाइस डकुमेन्ट्री फिल्मसका कार्यकारी निर्माता, जेसन मोजिकाले भनेका छन्, “मैले ‘एन इन्सिग्निफिकेन्ट म्यान’ टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवल २०१६ मा  हेरेको थिएँ र मलाई लाग्यो कि यो फिल्म मार्शल करीको ‘स्ट्रीट फाइट’ पछि जमिनी राजनीतिमाथि बनेको सबैभन्दा राम्रो डकुमेन्ट्री फिल्म हो ।”यो फिल्म १७ नोभेम्बरमा प्रदर्शन हुँदैछ ।
हेर्नुहोस् ट्रेलर :

https://youtu.be/Vq646VcT72I

प्रतिक्रिया दिनुहोस्