Logo

जलविद्युत परियोजनाद्वारा चन्द्रकोट गाउँपालिकालाई आर्थिक सहयोग



Spread the love

२५ चैत, गुल्मी – कोरोनाको महाविपद्लाई रोकथाम तथा नियन्त्रणको लागि गुल्मीको एक जलविद्युत परियोजनाले चन्द्रकोट गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

जिल्लाको रुरु जलविद्युत परियोजनाले चन्द्रकोट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरिदिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

त्यस्तै चन्द्रकोट यातायात प्रालिले पनि ५० हजार आर्थिक सहयोग रकम उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।

विपद कोषमा जम्मा भएको रकमबाट राहत वितरण गर्ने , स्वास्थ्य सामग्री खरिद गर्नुका साथै आवश्यकता अनुसार रकमको सहि सदुपयोग गर्ने गाउँपालिकाले जनाएको छ ।


चन्द्रकोट गाउँपालिकामा कोरोना नियन्त्रणको लागि लकडाउनलाई कडाईका साथ कार्यन्वन गरिएको छभने छिमेकी जिल्ला बाग्लुङसँग सिमाना जोडिएका सबै नाकाहरु बन्द गरिएको छ ।

साथै कोरोना नियन्त्रण तथा रोकथामको लागि आवश्यक कदम चालिएको गाउँपालिकाले दावी समेत गरेको छ । यस गाउँपालिकामा १३ वटा व्यवस्थित तथा आवश्यक स्वास्थ्य सामाग्री सहितको क्वारेन्टाइन बेडको व्यवस्था गरिएको छ भने हाल क्वारेन्टाइनमा एकजना पनि विरामी राखिएको छैन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्