Logo

लकडाउनमा यस्तो देखियो भक्तपुर दरबार स्क्वायर क्षेत्र (फोटोफिचर)



Spread the love

नेपाल सरकारले घोषणा गरेको लकडाउनको १६औ दिन हो आज । कम्तीमा अझै १ हप्तासम्म लकडाउन हुनेछ । लकडाउनका कारण काठमाडौं उपत्यका सुनसान छ । लकडाउन उल्लंघन गरी बाहिर निस्कने केहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

लक डाउनको असर भक्तपुर दरबार स्क्वायर क्षेत्रमा पनि परेको देखिन्छ। भक्तपुर जिल्ला नेपालकै चर्चित पर्यटकीय क्षेत्र मध्ये एक हो । प्राचिन कला संस्कृतिको धनी यो जिल्लामा पर्यटकहरुको बाक्लो अवातजावत हुने गर्दछ । तर, कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेपछि सँधै चहलपहल हुने भक्तपुर पनि यतिबेला सुनसान बनेको छ । पर्यटकहरुको मुख्य आकर्षण मानिने भक्तपुर दरवार क्षेत्रमा सन्नाटा छाएको छ ।

भक्तपुर दरबार क्षेत्र ऐतिहासिक र साँस्कृतिक दृष्टिकोणले निकै महत्वपुर्ण मानिएको स्थल हो । विश्व सम्पदा सूचीमा समेत सूचीकृत भक्तपुर दरबार क्षेत्रमा रमणीय दृष्यहरु देख्न पाइन्छ । भक्तपुर दरबार क्षेत्रमा प्राचिन कालमा मल्ल राजाहरू बस्ने गर्थे ।
हेरौं आज देखिएको भक्तपुर दरबार स्क्वायर क्षेत्रका केही तस्वीरहरुः

प्रतिक्रिया दिनुहोस्