Logo

रोनाल्डिन्हो जेलमुक्त



Spread the love

२६ चैत, एजेन्सी – बार्सिलोनाका ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो जेलमुक्त भएका छन् । उनका दाइसँगै पाराग्वेमा पक्राउ परेका उनी ३२ दिनपछि जेलमुक्त भएका हुन् ।

मार्चको पहिलो साता नै रोनाल्डिन्हो र उनका दाइ नक्कली पासपोर्ट बनाएर हिडेको अवस्थामा पाराग्वेमा पक्राउ परेका थिए । त्यस पश्चात उनीहरूलाई सोही मुलुकको जेलमा राखिएको थियो ।

अब रोननल्डिन्हो र उनका दाइ एसिस घरमै बसेर जेल सजाय भुक्त गर्न सक्नेछन् । यसका लागि रोनाल्डिन्हो दाजुभाइले १.६ मिलियन जरिवाना स्वरूप तिरेका छन् ।

मार्चको पहिलो साता नै पक्राउ परेका उनी ४० औँ जन्मदिनमा पनि जेलमै रहे । जेलमा पनि उनि विभिन्न खाले अान्तरिक फुटबल खेलमा सामेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्