Logo

एकान्तबास – घरलाई प्रकृतिमैत्री बनाऊ !



Spread the love

लक डाउनको समय भएकोले एक त घरमा बसिएको छ । अर्कोतिर केही इलम छैन । यतिबेला घर-बगैंचा बनाउने, स्याहार्ने काममा लाग्न सकिन्छ ।मौका कस्तो जुरेको छ भने यतिबेला बाली र बगैंचाको काम गर्न उपयोगी हुन्छ । बिरुवा रोप्ने र हुर्काउने मौसम पनि हो यो । अब तपाईंसँग केही जाँगर भए पुग्छ, घरलाई हराभरा बनाउनका लागि ।

घरलाई वातावरणमैत्री बनाउनका लागि ती सबै सामाग्री हटाउनु एवं व्यवस्थित गर्नुपर्छ, जो अनावश्यक छ । अनावश्यक सामग्रीलाई थुपारेर भण्डारण बनाउनु हुँदैन घरलाई ।उपयुक्त ठाउँहरुमा इन्डोर प्लान्ट सजाउन सकिन्छ । खासगरी बैठक कोठा, भान्सा, भर्‍याङको खुला भाग आदिमा । घर बाहिर बार्दली, कौसी लगायतमा पुदिना, घिउकुमारी जस्ता वनस्पति लगाउन सकिन्छ । गर्मी सुरु भइसकेकाले झिँगा, लामखुट्टे आउने हुँदा झारपात उखेल्ने, खाल्डाखुल्डी पुरेर सफा गर्ने काम पनि यही मौकामा गर्न सकिन्छ ।

घरलाई स्वास्थ्यमैत्री बनाउन कमभन्दा कम प्लाष्टिकको प्रयोग । हामी त्यस्ता प्लाष्टिक जथाभावी मिल्काउँछौं, जसले पर्यावरणमा नकारात्मक असर पार्छ । हामीले जथाभावी विद्युतीय सामग्रीको प्रयोग गर्दा त्यसले हाम्रो घरको व्यायभार मात्र बढाउँदैन, पर्यावरणमा समेत असर गर्छ । धेरै विद्युत खपत गर्ने, तापक्रम बढाउने विद्युतीय सामग्री प्रयोग नगरौं ।

प्रतिक्रिया दिनुहोस्