Logo

लकडाउन अझै लम्ब्याउने तयारीमा भारत !



Spread the love

एजेन्सी । राज्य सरकारहरूको सुझावपछि २१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुनसक्ने भएको छ। पछिल्ला दिन भारतमा संक्रमितको संख्या बढ्ने गति र मृत्युदरले भारतलाई इपिसेन्टर बन्ने खतरामा रहेको कारण महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतका धेरै राज्य सरकार तथा विशेषज्ञहरूले लकडाउन खोल्दा हाल स्थिर देखिएको कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरा भएकाले लकडाउन बढाउनुपर्ने पक्षमा छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीका कार्यकर्ताहरूलाई सोमबार दिएको भिडिओ सन्देशमा कोरोनाविरुद्धको लडाई लामो हुने र लकडाउन लम्ब्याउने संकेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्