Logo

डब्ल्यूएचओ चीनतिर बढी ढल्कियो- ट्रम्प



Spread the love
Nagarik News - No. 1 News Portal of Nepal – Latest news of Nepal ...

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) चीनतिर ढल्केको आरोप लगाएका छन् ।

ट्रम्पले ट्विट गर्दै भनेका छन् ,” विश्व स्वास्थ्य संगठनलाई अमरिकाले प्रशस्त धनराशि सहयोग गरेको छ । मैले चीनको लागि यात्रामा बन्देज गर्दा डब्ल्यूएचओ मसँग असहमत रहेको थियो । उनीहरुले मेरो आलोचना गरे । यस्तो लाग्छ कि उनीहरुको चीनप्रति बढी ध्यान दिईरहेका छन् ।

डब्ल्यूएचओलाई दिने धनराशि हामीले रोक्न गईरहेका छौँ ।” डब्ल्यूएचओको चीनतिर बढी झुकाव रहेको भन्दै यो ट्रम्पले डब्ल्यूएचओ विवादास्पद रहेको आरोप लगाएका छन् । कोरोना भाइरसलाई फैलिनबाट रोक्नको लागि चीनबाट आउने जहाजलाई रोक लगाएको दाबी गर्दै ट्रम्पले डब्ल्यूएचओलाई “यस्तो खालको दोषपूर्ण सिफारिस किन गरियो ?” भन्ने प्रश्न गर्दै मैले चीनको नाका खोल्ने उसको सल्लाहलाई खारेज गरेको छु भनेका छन् ।

अमेरिकामा संक्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । अहिलेसम्म अमेरिकामा ૪ लाखभन्दा बढी संक्रमित भईसकेका छन् भने १२ हजारभन्दा बढीको ज्यान गईसकेको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्