Logo

धनगढीका घरघरमा ड्रोन मार्फत औषधी



Spread the love

गोदावरी । कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोन मार्फत नै बिरामीको घरमै औषध पुगाउन थालिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताउनुभयो ।

लकडाउनको यो बेला अत्यावश्यक औषधिको समस्या झेल्दै आएका बिरामीलाई घरमै पुगेर निःशुल्क औषधि दिइरहेको उहाँले बताउनुभयो । हातमै दिँदा कोरोनाको जोखिम बढ्ने भएकाले ड्रोनमार्फत कसैको पनि सम्पर्क बिना घरमै औषधि पुगाईरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाबाट अनुमति लिएर यस्तो अभियान सुरु गरिएको उहाँको भनाई छ । बुधवारबाट नै सुरु गरिएको अभियानको सुरुमा फुलवारीका दुई र जालीका एक जनाको घरमा औषधी पुराइएको जोशीले बताउनुभयो ।

पश्चिमसेती जलविद्युत आयोजना छिटो बनाउन दबाब दिने उद्देश्यले काठमाण्डौंको माइतीघर मण्डलामा कचौरा जुलुस, कीर्तिपुरमा सांगीतिक संघर्षलगायतका कार्यक्रम गरेको ‘बोलन्याथली’ सामाजिक कार्यमा संक्रिय संस्था हो । केही दिनअघि धनगढीमा भारतबाट आएकाहरुको सहयोगकालागि आश्रय अड्डा पनि सञ्चालन गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्