Logo

कोरोना भाइरस



Spread the love

हिमरत्न तिमल्सिना

चीनको चुहानबाट सुरु भो
नाम यसको कोरोना भाइरस
विपत्तिको लागि सबै खास
विश्वभरी यसैको त्रास

विश्वभरी फैलिदै गएछ
भारतमा पनि बढेछ
त्रास पनि फैलियोसँगै
सबैजना डराए अचम्मै

सबैतिर फैलियो महामारी
यसकै हल्ला चल्यो विश्वभरी
चल्यो अर्को हुरी आतंकको
नाम सुन्दै सबै त्रसित भको

इटाली, स्पेन र अमेरिका
सुन्नुहोला कथा त्रासदीका
यस्तै छ संसारको रीत
कैयौं मान्छे भए प्रभावित

गाह्रो पर्यो औषधि पत्ता लगाउन
होस राखौँ पर्दैन डराउन
इबोला र स्वाइन्फ्लुको त्रास थियोे
यो कविले इतिहास सम्झियो

त्रासै त्रासमा हुँदैन बसेर
अघि बढाैँ कम्मरै कसेर
विपत्तिको सामना गर्नु छ
यो सन्देशलाई विश्वमा छर्नु छ

रुघाखोकी ज्वरोले समाए
आफू सम्झे अरुलाई सम्झाए
टाउको दुखे क्लिनिकमा जंचाए
आफू बाचे अरुलाइ बचाए

सङक्रमितको नजिकै नपरे
त्रास फैलाउने काम कतै नगरे
संयमित हौँ हुँदैन आत्तिनु
यति कुरा सबैले सम्झिनु

अविनाशी आखिर को छ र हो
मान्छे आफै रोगको घर हो
बाहिर जाँदा हिँड्नुस माक्स लगाई
ढुक्क हुनोस मनको डर भगाई

विपत्तिमा सम्हालिनु पर्छ
सङक्रमित मान्छेबाट सर्छ
सचेत बने हुन्न धेरै हानी
अपनाउ सबले सावधानी

प्रतिक्रिया दिनुहोस्