Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३,४७,८७३
संक्रमित
५५,८८,३५६
निको भएका
२३,६५,७१९
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
६८२
निको भएका
११२

भारतबाट आउनेक्रम नरोकिएपछि चेकपोष्ट बढाइयो



२६ चैत, वीरगञ्ज – नेपाल–भारत खुला सीमा प्रयोग गरी प्रदेश नं २ मा भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोस्ट खडा गरेको छ । आठ जिल्लाका ४ सय ३२ किलोमिटरमा १०० को हाराहारीमा चेकपोस्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश नं २ प्रहरीले सो सीमा क्षेत्रमा थप २२९ चेकपोष्ट थपेर त्यसको सङ्ख्या ३२९ बनाएको छ ।

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोष्ट सङ्ख्या बढाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तिलक सुनारले जानकारी दिए । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको सङ्ख्या बढाइएको उनले बताए । “प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेकपोष्ट थियो”, सूचना अधिकारी सुनारले भने, “अहिले त्यसलाई बढाएर ३२९ पुर्याएका छौँ । भारतबाट नेपाल आउनसक्ने सम्भावित ठाउँमा चेकपोष्ट बनाइएको हो ।”

प्रतिक्रिया दिनुहोस्