Logo

भायनेटका प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण लिक



Spread the love
भायनेटले जारी गरेको विज्ञप्ती

२६ चैत, काठमाडाैँ – नामी इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ । ह्याकरको समुहले अनधिकृत रूपमा प्रयोगकर्ताका व्यक्तिगत विवरण लिग गरेका हुन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटका १ लाख ७० हजार ५ सय प्रयोगकर्ता रहेका छन् । यी प्रयोगकर्तालाई सम्बोधन गर्दै उनीहरूको विवरण लिग भएको सुचना जारी गरेको छ ।

यसरी व्यक्तिगत विवरण लिग हुँदा प्रयोगकर्ताको नम्बर, इमेल लगायत विवरण लिक हुँदा ह्याकरले अनधिकृत प्रयोग गर्ने विभिन्न खालका समस्या उत्पन्न हुन सक्छन् ।

व्यक्तिगत विवरण चोरी भएको जनाउँदै भायनेटले आफ्ना प्रयोगकर्तालाई अन्जान नम्बरबाट आएका फोन तथा म्यासेजमा विश्वास नगर्न अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्